फिल्म ‘भाईरल गोर्खे’को पोस्टर सार्वजनिक भएको छ । कमेडी जानरामा निर्माण हुन लागेको फिल्मको  पोस्टरमा दुईवटा भैंसीमाथि उभिएका सौगात मल्ललाई देखाइएको छ । निगम श्रेष्ठले निर्देशनमा बन्न लागेको फिल्म द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको व्यानरमा निर्माण हुन लागेको हो । बिशाल ताम्राकार र महेश लामिछानेको लगानी रहेको फिल्मको दृश्य कैद यही वैशाख ६ गतेबाट हुने छ । सौगातका अलवा फिल्ममा सृष्टि श्रेष्ठ, बुद्धि तामाङ र लक्ष्मी गिरी मुख्य भूमिकामा रहनेछन् ।