दर्शकसंग प्रत्यक्ष प्रतिक्रिया लिन `डिग्री माइला´ टिम पुर्वतिर लागेका छन् । काठमाडौंका हल-हलमा पुगिरहेका यसका प्रमुख कलाकारहरु आजबाट मोफसलका दर्शक भेटघाटमा निस्केका हुन्।अभिनेता दयाहाङ राई, आँचल शर्मा, बिजय बराल र कार्यकारी निर्माता मणिराम पोखरेलसहितको टिममा मोफसल यात्रामा निस्केको हो ।विराटनगर बिर्तामोड पुगेर निर्माण टिमले दर्शकसंग प्रत्यक्ष भेट्घाट गर्ने छ्न् । कोशी प्रदेशको राजधानी बिराटनगरबाट सुरु हुने यो भेटघाट बिर्तामोड पुगेर टुङगिने छ । मंगलबार बिहान १० बजे बिराटनगर स्थित क्यूएफएक्स सिनेमा हलमा पुगेर प्रेस तथा ११:३० को शोमा सिनेमा हेर्न आएका दर्शकहरुसँग भेटघाट एवम् संवाद गर्नेछौं यसक्रममा उनीहरु विराटनगरका, विभिन्न फिल्म हलमा पुग्नेछन् ।बिराटनगरपछि टिम इटहरीका दुई वटा सिनेमा हल इलाइट फिल्म हल र इटहरी क्यूएफएक्स पुग्नेछ भने साँझमा ५ बजे धरान स्थित फ्रेण्ड्स सिनेमाज पुग्नेछ । यस्तै टिम बुधवार बिहान ११ बजे दमक स्थित डि म्याक्स फिल्म हल र दिउँसो २ बजे बिर्तामोड क्यूएफएक्स तथा ५ बजे पाथिभरा सिनेप्लाजामा निर्माण टिमको भनाइ छ ।गत गत चैत ३० गतेबाट प्रदर्शनमा आएको फिल्मलाई निर्द्शक रामबाबु गुरुङले निर्देशन गरेका हुन् । बक्स अफिसमा दर्शकको राम्रो साथ पाइरहेको फिल्मले दिनमा झण्डै ४ करोडको निकट पुगेको छ ।बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर निर्माण गरेको फिल्मका निर्माताहरु विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ रहेका छन् ।फिल्मका कार्यकारी निर्माता क्रिश लामा हुन् ।