छठको दिनबाट प्रदर्शनमा आएको चलचित्र ‘ऐश्वर्य’ले मङ्गलवार राजधानीमा स्थित सिटिसी मलमा रहेको सिने डी सेफमा स्पेसल सो को आयोजना गरेको छ । दिवाकर भट्टराईको निर्देशनमा तयार भएको चलचित्र हेर्ने अभिनेता तथा निर्देशक भुवन केसी , कलाकार बिराज भट्ट , अभिनेत्री भुवन चन्द , साम्राज्ञी राज्य लक्ष्मी शाह , रुपा राणा , निर्देशक दिनेश डिसी , मुस्कान ढकाल , द्वन्द निर्देशक राजेन्द्र खड्गी , निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारी , कलाकार सङ्घका अध्यक्ष रामकेशर बोगटी , गायक हिमाल सागर , कलाकार विश्व बस्नेत , संविधानविद डाक्टर भीमार्जुन आचार्य , वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठ , कमेडियन सन्दीप क्षेत्री लगायत पुगेका थिए ।

 

चलचित्र हेरिसके पश्चात् ऐश्वर्यको मेकिङ र कलाकारको अभिनयलाई धेरैले रुचाएका थिए । ऐश्वर्य हेर्ने पुगेकी नायिका साम्राज्ञीले अभिनेत्री केकी अधिकारीको झनै फ्यान भएको र नव–नायिका दिपिका प्रसाईले राम्रो काम गरेको बताएकी थिइन् । नव–नायिका दिपिका प्रसाईलाई चलचित्र क्षेत्रमा स्वागत छ भन्दै सोचेको भन्दा ऐश्वर्य धेरै राम्रो पाएको बताएकी छिन् । यता अभिनेता बिराज भट्ट नेपाली चलचित्र मेकिङमा आएको परिवर्तन देखि खुसी लागेको बताएका छन् । रमेश उप्रेतीको प्रस्तुतिमा बनेको ऐश्वर्यमा  उनिसंगै प्रशान्त ताम्राकार , दीपिका प्रसाईं , केकी अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ ।