यही बैशाख ६ गतेदेखि ८ गतेसम्म ‘नेपाल ग्रामीण सिनेमा महोत्सव’ मा फिल्म `दिमाग खराब´ देखि सतिदेवी´ सम्म प्रदर्शन हुने भएको छ । रामेछाप जिल्लामा हुन लागेको तेस्रो संस्करण महोत्सव  ग्रामीण क्षेत्रमा नेपाली सिनेमाको प्रवद्र्धन गर्ने उद्देश्यले सुरु गर्न लागिएको हो । ‘प्रि-इभेन्ट’ आयोजना गर्दै महोत्सवमा कूल २० वटा फिल्म छनोट भएको जानकारी दिइयो । फिचर फिल्मतर्फ निश्चल बस्नेत निर्देशित ‘दिमाग खराब’, दीपेन्द्र लामा निर्देशित ‘नाङ्गो गाउँ’, लक्ष्मण सुवेदी निर्देशित ‘सतीदेवी’ र सत्यराज चौलागाईँ निर्देशित ‘बिच्छेद’ गरी ४ फिल्म छनोट भएका छन् ।यो महोत्सवमा फिल्म प्रदर्शनका साथै विभिन्न विषयमा अन्तरक्रिया तथा कार्यशाला पनि आयोजना हुने जनाइएको छ । तेस्रो संस्करण रामेछाप नगरपालिकास्थित गौरिशंकर विद्यालयमा हुने महोत्सव हुने छ ।  मौलिक कथामा बनेका फिल्मलाई मात्र महोत्सवमा समेटिएको थियो ।