फिल्म `बोक्सीको घर´ मा समावेश गीत ‘बुझिनँ मैले’ यतिबेला चर्चामा रहेको छ ।गीतलाई १३ दिनमा युट्युबमा ४६ लाख बढी भ्यूज मिलिसकेको छ । गीत युट्युब ट्रेन्डिङको २४ औं स्थानमा पुगेको छ । यो गीत नेपालमा प्रतिबन्धित टिकटकमा भिपिएनमार्फत् चलाउने दर्शकको ठुलो संख्या माझसमेत चर्चित छ ।गीतमा प्रकाश सपूतको स्वर, शब्द र संगीत छ भने गायनमा उनलाई समीक्षा अधिकारीले साथ दिएकी छन् ।सुरक्षण भारतीको लेखन तथा निर्देशनमा बनेको फिल्ममा केकी अधिकारी , श्वेच्छा राउत, सुष्मा निरौला, सबिन बास्तोला, सुपला सापकोटा लगायतको पनि अभिनय छ ।केकी अधिकारी फिल्मस्को प्रस्तुतीमा निर्माण भएको सिनेमा नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनसँगै अन्तर्राष्ट्रिय महोत्सवमा समेत लैजाने तयारी निर्माण टिमको छ । फिल्म बैशाख १४ बाट प्रदर्शनमा आउने छ ।