अभिनेता प्रदीप खड्का सुदर्शन थापाको निर्देशनमा निर्माण हुने लभस्टोरी फिल्ममा अनुबन्धित भएका छन् । निर्माता तथा निर्देशक थापा र अभिनेता खड्काबीच फिल्मको लागी लिखित सम्झौता भएको हो ।अनटाइटल फिल्म बारे अभिनेता प्रदीप खड्काले सामाजिक सन्जाल मार्फत जानकारी गराएका हुन् ।अभिनेता प्रदीप खड्काले लेखका छन्, ‘कुन फोटो मन पर्यो । ब्रेकफाष्ट मिटिङ विथ सुदर्शन थापा दाई ।सुदर्शन आगामी होम प्रोडक्सन फिल्म ‘रावायण’को छायांकन सकिएपछि प्रदीप अभिनित सिनेमाको निर्माण गर्ने तयारीमा छन् ।