फिल्म ‘ह्रस्व दीर्घ’को नयाँ लुक्स सार्वजनिक भएको छ ।नायक हरिहर अधिकारीको जन्मदिनको अवसर पारेर फिल्मको पोस्टर रिलिज गरिएको हो । फिल्मको निर्माणपक्षले हरिहरको दुई वटा लुक्स पोस्टरमा समावेश गराइएको छ । एउटा तस्विरमा हरिहरले लामो कपाल पालेका छन् । यस्तै, अर्को तस्विरमा भने हरिहरलाई पण्डितको गेटअपमा देख्न सकिन्छ ।फिल्ममा हरिहर अधिकारी, नीता ढुंगाना, विपना थापा, गरिमा शर्मा लगायतका कलाकारको अभिनय छ । साथमा केही दक्षिण भारतीय कलाकारको अभिनय पनि यो फिल्ममा हेर्न सकिन्छ । चन्द्र पन्तको निर्देशन रहेको यो फिल्ममा कविरलालको छायांकन, हरिहर अधिकारीको कथा छ । फिल्मको निर्मात्री नायिका नीता ढुंगाना हुन् । असोज ११ गतेबाट फिल्म प्रदर्शनमा आउने छ ।