‘होस्टेल’ फिल्मको तेस्रो श्रृंखला पनि निर्माण हुने भएको छ ।  निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै ‘होस्टेल ३’को घोषणा गरेका हुन् । यसलाई गायक समेत रहेका सशान कँडेलले निर्देशन गर्ने भएका छन् ।‘होस्टेल’को अघिल्ला दुई श्रृंखला निर्माण गरेका सुनिल रावल तेस्रो श्रृंखलामा भने कलाकारको रुपमा मात्र रहनेछन् ।  फिल्मको निर्मातामा शिशिर ज्ञवाली, कार्यकारी निर्मातामा शङ्कर कोइराला तथा सह-निर्मातामा सुरेश कँडेल, सुधा मरहट्ठा र अर्जुन सापकोटा छन् । फिल्मको छायांकन र प्रदर्शन यसै वर्ष हुनेछ । माधव शर्माको पटकथा लेखन रहेको फिल्ममा निर्देशक कँडेल स्वयंको कथा छ ।