निर्देशक मिलन चाम्सले आफ्नो नयाँ फिल्म ‘वर एण्ड वधु’को दोस्रो चरणको छायांकन सुरु भएको छ  । उक्त दोश्रो चरणको छाँयाकनबाट कलाकार किरण केसीको तस्विर सार्वजनिक भएको छ । जसमा उनि डनको अवतारमा देखिएका छन् ।  फिल्मको ५० प्रतिशत छायांकन यसअघि युरोपको रोमानिया, फ्रान्स र इटालीमा भइसकेको छ । २५ दिन सेड्युल तोकिएको फिल्मको बाँकी छायांकन नेपालमै गर्ने तालिका छ ।