फिल्म `मनसरा’ को  ट्रेलर रिलिज भएको छ।सार्वजनिक ट्रेलरमा फिल्मका मुख्य कलाकारहरु दयाहाङ राई, मिरुना मगर, प्रविण खतिवडा तथा मेनुका प्रधानलाई देखाइएको छ। उपेन्द्र सुब्बा निर्देशित सिनेमाले साधारण कथालाई रोचक बुनाइबाट पेस गर्न लागेको टिजरले देखाउँछ।निर्देशक सुब्बाकै लेखन रहेको फिल्मका निर्माता छायाँकार शैलेन्द्र ध्वज कार्की हुन् । यस्तै, विष्ण कुमार लिम्बु मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह-निर्माता हुन् ।

फिल्ममा निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रंग संयोजनको साथमा श्रवल राज पाण्डेको साउण्ड डिजाइन रहेको छ भने मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको संयूक्त कला निर्देशन रहनेछ ।फिल्ममा दया, मिरुना, प्रविण तथा मेनुकाका अलावा हेमन्त बुढाथोकी शान्ति गिरी, नेनहान राईको अभिनय रहेको छ ।