कलाकार सुनेमान शङ्कर ‘ईकु’को प्रस्तुति रहेको चलचित्र ‘फिर्के’को दुई पोस्टर सार्वजनिक भएको छ । पोस्टर सार्वजनिक गर्दैै निर्माण युनिटले चलचित्रको प्रदर्शन मिति पनि सार्वजनिक गरिएको छ । चलचित्र आँउदो पौष १४ गते प्रदर्शनमा आउने छ ।

फिर्केमा अर्पण थापा, सुलेमान शङ्कर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, विष्णु सापकोटा, अर्जुन गुरुङ्, उज्ज्वल भण्डारी, पुरन थापा लगायतका कलाकारहरूको अभिनय रहेको छ । चलचित्रलाई लामो समयसम्म कलाकारितामा लागेका कलाकार रवि डंगोल उर्फ ‘बेमान’ले निर्देशन गरेका छन् । उसले यस अघि पनि केही नेवारी चलचित्र निर्देशन गरिसकेका छन् । यसअघि कलाकार सुलेमानले ’ईकु’ र ’ईकु २’ निर्माण गरिसकेका छन् । ‘फिर्के’का निर्माता ओमलाल गुरुङ् र राजेश श्रेष्ठ हुन् । चलचित्रमा अभिमन्यु निरबीको लेखन रहेको छ ।