फिल्म ‘फर्की फर्की’ को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा फिल्मका मुख्य कलाकारहरुलाई प्रस्तुत गरिएको छ ।  रोहित अधिकारी र ओम अग्रवालले निर्माण गर्न लागेको फिल्मको निर्देशन सुयोग गुरुङले गर्दै छन् । साथै, फिल्मको लेखन पनि निर्देशक स्वयमकै रहेको छ । फिल्ममा अनमोलको अपोजिट्मा नायिका जसिता गुरुङ छिन् ।  फिल्मको सह-निर्माताको रुपमा मनोज वली र राम न्यौपाने छन् । 

आलोक शुक्लाको छायांकन रहेको फिल्ममा रोमन बज्राचार्य, नरेन लिम्बु र अनमोल गुरुङको सङ्गीत, रोमन बज्राचार्यको ब्याकग्राउन्ड स्कोर र निर्देशक गुरुङ स्वयंको सम्पादन रहनेछ । फिल्म लभ स्टोरी कथावस्तुमा निर्माण भएको छ ।