आईफोन १४ प्रो म्याक्सबाट खिचिएको फिल्म `प्लेस अण्डर दी सन्´ को पोस्टर सार्वजनिक गरिएको छ । खिचेर १ घण्टा ४५ मिनेट लामो फिल्म तयार गरिएको उक्त फिल्मको पोस्टरमा नव-कलाकारहरुलाई देख्न सकिन्छ । यो फिल्म वन स्क्वाड फिल्म्सले निर्माण गरेको हो। फिल्मका निर्देशक जेसन लोप्चनका अनुसार फिल्म छायांकन गर्न फोनमा अतिरिक्त लेन्स प्रयोग गरिएको छ तर अन्य कुनै क्यामेरा भने प्रयोग गरिएको छैन।विदेशमा आईफोनबाटै फिल्म खिच्ने गरिए पनि नेपालमा भने कमर्सियल फिल्म पूरै फोनबाट खिचिएको पहिलो पटक भएको दाबी लोप्चनको छ।फिल्म आगामी जुलाईमा ओटीटी प्लाटफर्ममा रिलिज हुने तय भएको निर्देशक लोप्चनले बताए। उनका अनुसार अमेजन प्राइम भिडियो, एप्पल टिभी, पिकक आदि ओटीटीमा फिल्म रिलिज हुने तय भइसकेको छ। फिल्ममा मीन घलान, मीरा गुरुङ, अंशु शर्मा, विप्लप गौली, प्रजन पौडेल, रिदेन श्रेष्ठ र प्रवेश एम्सीको अभिनय रहेको छ। कलाकार र क्रु गरेर १७-१८ जनाको टिम रहेको र तीमध्ये चार-पाँच जना शेफर्ड कलेज अफ मिडिया टेक्नोलोजीका विद्यार्थी रहेको लोप्चनले बताए। उनी पनि शेफर्डकै विद्यार्थी हुन्।आगामी जेठमा ट्रेलर रिलिज गरेर मार्केटिङमा जाने तयारीमा रहेको टिम फिल्मलाई लिएर आशावादी छ।