गायिका सुम्निमाको `तारा´ रिलिज गरिएको छ । के टमोटको शब्द र गायिका स्वयमकै सङ्गीत रहेको गीतको भिडियोलाई अभि सम्पाङ राईले निर्देशन गरेका हुन् । भिडियोमा बिराज घिमिरेको सह-निर्देशन रहेको छ । बिकेश मगर र समन महर्जनको संयुक्त दृश्य कैद रहेको भिडियोको सम्पादन बिकेश ,समन र सुम्निमाले गरेका हुन् । भिडियोमा रंग संयोजन पनि बिकेश मगरकै रहेको छ । 

सुमित तामाङ,रजिन तामाङ,दीपेन्द्र तामाङ,राजाराम तामाङ र सम्राट् तामाङको नृत्य रहेको छ । सार्वजनिक भिडियोलाई सुम्निमाकै आधिकारिक युट्युब च्यानल मार्फत हेर्न सकिने छ ।