फिल्म‘महाजात्रा’ले नेपाल र विदेशमा बम्पर व्यापार गरेको छ । गत चैत ९ गतेदेखि प्रदर्शनमा आएको प्रदीप भट्टराई निर्देशित फिल्मले नेपालभित्र मात्र करिब १६ करोडको व्यापार गरेको निर्माण टिमको भनाइ छ । देशबाहिरको अंक १० करोड ७५ लाख छ । निर्माण कम्पनीका अनुसार, देश र देशबाहिर गरी सिनेमाको व्यापार २६ करोड ६५ लाख पुगेको छ ।विदेशको कमाईमा मध्यपूर्वी, अष्ट्रेलिया र अमेरिकाको ठूलो योगदान छ ।म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रुपमा निर्माण गरेका फिल्मका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन् । षट्कोण आर्ट्सले विसं २०८२ को दसैँमा नयाँ फिल्म दर्शक माँझ ल्याउने घोषणा समेत गरेको छ । फिल्ममा हरिवंश आचार्य, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ ।