फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण घोषणा गरिएको छ । ‘प्रोजेक्ट सारङ्गी’ नाम दिइएको फिल्मको मोसन पोस्टर सार्वजनिक गर्दै टाइटल घोषणा गरिएको हो । सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्ने फिल्मको मोसन पोस्टरको पृष्ठभूमिमा सारङ्गीको धुन गुञ्जिएको छ ।सरोज पौडेलको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्मले ग्रामीण परिवेशको कथा भन्ने पोस्टर बुुझाउँछ । विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा रमेश चौलागाई र हरि श्रेष्ठ छन् । फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद र प्रशान्त सिवाकोटीको संगीत रहनेछ ।