फिल्म ‘पूजार सार्की’को पहिलो गीत ‘दर्शन गरेँ’ सार्वजनिक गरिएको छ ।  सार्वजनिक कौडा भाकाको गीतमा हर्क साउदको शब्द रचना, सुवास भुसालको संगीत तथा प्रकाश सपुत र र शान्ति श्री परियारको युगल स्वर छ ।राष्ट्रिय अवार्ड’ विजेता दिनेश राउतको निर्देशनमा बनेको फिल्मको गीतमा फिल्मका मुख्य कलाकारहरु आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली र परीक्षा लिम्बू कौडा नृत्य गर्दै प्रस्तुत छन् । गीतमा आर्यन-अञ्जना र प्रदीप-परीक्षालाई रोमान्टिक भावमा देख्न सकिन्छ  ।विकास सुवेदनको लेखन रहेको फिल्ममा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय छ । फिल्ममा आर्यन पूजारीको भूमिकामा छन् भने प्रदीप दमाहा बजाउने दमाई चरित्रमा छन् ।  फिल्मलाई सुवास भुसालले निर्माण गरेका हुन् । किङ्गडम नेटवर्कको प्रस्तुति रहेको फिल्ममा राजेश श्रेष्ठको डिओपी, भरत रेग्मीको सम्पादन, सुप्रिम पराजुलीको कलर ग्रेडिङ तथा हिमाल केसीले द्वन्द्व निर्देशन छ ।

आगामी जेठ १० गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्मलाई आरआर फिल्मसले वितरण गर्दैछ ।