फिल्म `बोक्सीको घर´ केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)बाट प्रदर्शन अनुमति पाएको छ । शुक्रबार बोर्डका पदाधिकारीहरुले फिल्म हेरेपछि यूनिभर्सल सर्टिफिकेट प्रदान गरेका छन् । सबै दर्शकले फिल्म हेर्न पाउने गरी सेन्सरलेसर्टिफिकेट दिएको हो । सुलक्षण भारतीको लेखन तथा निर्देशनमा बनेको फिल्ममा केकी अधिकारी, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला, सुलक्षण भारती, श्वेच्छा राउत लगायतको अभिनय छ । केकी स्वयं प्रस्तुतकर्ता रहेको फिल्मको निर्मातामा उनका बुबा बद्री अधिकारी छन् भने राज घिमिरे कार्यकारी निर्माता हुन् । आठ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’माथि आधारित रहेर फिल्म बनेको हो ।यस फिल्ममा केकी कथित बोक्सीको भूमिकामा छिन् ।