फिल्म ‘मेयर’को छायांकन इन्डक्ल्याप भएको छ । ५१ दिनमा फिल्मको छायांकन सकिएको निर्माण पक्षले जनाएको हो ।काठमाडौंको मल्ल होटेलबाट सुरु भएको फिल्मको छायांकन सर्लाही र सिन्धुलीमा पनि भएको थियो । तर अधिकांश सिन सर्लाहीमै भएको हो ।फिल्मको मुख्य भूमिकामा खगेन्द्र लामिछाने छन् । खगेन्द्रसँगै वर्षा राउत, अर्पण थापा, अनुप बराल, दिव्यदेव, प्रकाश घिमिरे, हरिहर शर्मा, ऋचा शर्मा, रवीन्द्र झा, रमेश बुढाथोकी, अर्विशा थापा, सञ्जोग रसाइली, आशान्त शर्मा, प्रभाकर न्यौपाने, झकेन बिसीलगायतको अभिनय छ ।फिल्ममा निर्माताको रूपमा श्रृष्टिमाँ खनाल र कलाकारको रूपमा अर्विशा थापाले डेब्यू गरेका छन् । ‘मेयर’को कथा सर्लाही जिल्ला, वाग्मती नगरपालिकाका वर्तमान मेयर भरत थापाको जीवन संघर्षलाई आधार मानेर तयार पारिएको हो ।फिल्मको कार्यकारी निर्माता दीपेन्द्र स्वयं हुन् भने निर्माता शर्मिला पाण्डे र श्रृष्टिमाँ खनाल हुन् । पटकथा महेश दवाडीले लेखेका छन्।