गत हप्ताबाट रिलिजमा आएको फिल्म `डिग्री माइला´ ५ करोड ५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।काठमाडौं उपत्यकामा दुई करोड ५० लाख र काठमाडौं बाहिर २ करोड ५५ लाख रुपैयाँ कलेक्सन गरेको हो । दर्शकको राम्रै साथ पाइरहेको फिल्मलाई निर्देशक रामबाबु गुरुङले निर्द्शन गरेका हुन् । साथै लेखन पनि निर्देशक गुरुङकै रहेको छ । बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर निर्माण गरेको फिल्मका निर्माताहरू विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार र सुष्मा गुरुङ रहेका छन् ।फिल्मका कार्यकारी निर्माता क्रिश लामा हुन् ।दयाहाङ राई र आँचल शर्मा मुख्य भूमिकामा रहेको फिल्ममा बुद्धि तामाङ, विजय बराल, प्रकाश घिमिरे, कमलमणि नेपाल, अनिल सुब्बा, माओत्से गुरुङलगायत कलाकारको अभिनय छ ।