‘मिस युनिभर्स’ सौन्दर्य प्रतियोगितामा पहिलोपटक नेपालले सहभागिता जनाउँदै छ । लस भेगसमा हुने प्रतियोगितामा नेपालबाट हिडन ट्रिजरको व्यवस्थापनमा ’मिस अर्थ नेपाल २०१२’ का नग्मा श्रेष्ठ सहभागी हुँदै छिन् ।

बुधवार काठमाडौँको अन्नपूर्ण होटेलमा आयोजना गरिएको एक कार्यक्रममा नग्माले मिस युनिभर्स प्रतियोगितामा लगाउने पहिरनको प्रदर्शन गरिएको थियो ।

उक्त कार्यक्रममा नग्माले  मिसु श्रेष्ठ, बिना घले र आस्तिक शेरचनले डिजाइन गरेको लुगा साथै विजय महर्जन र बिना घलेले संयुक्त रूपमा डिजाइन गरेको राष्ट्रिय पोशाक लगाएर र्यापमा उर्तिएकी थिइन् ।

नग्माले मिस युनिभर्स कार्यक्रमभर  मिसु श्रेष्ठ, विजय महर्जन, बिना घले, आस्तिक शेरचनकोसँगै सिवाङ्गी प्रधान, सुबेक्षा बदेल, अन्ति गुरुङको डिजाइन पनि प्रस्तुत गर्नेछिन ।

नग्माको व्यक्तिगत प्रयासले नेपालमा अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस युनिभर्सको फ्रेन्चाइज भित्रिएको हो। आउदो नोभेम्बर २६ मा हुने मिस युनिभर्सको ६६ औँ संस्करणम नग्माले त्यहाँ हुने राष्ट्रिय पोशाक प्रतियोगितामा भने ३ किलोको ताज शिरमा लाउने भएकी छिन् । बिना घले र विजय महर्जनको डिजानइनमा बनेको ’मण्डला’को ताज सहित धार्मिक महत्त्व दर्शाउने (ग्रिन तारा) को पोशाक नग्माले लगाउने भएकी हुन् ।