अल्लु अर्जुन अभिनित फिल्म ‘पुष्पा २’ ले रिलिजअघि नै १००० करोड कमाउने बुझिएको छ । फिल्मको डिजिटल अधिकारले गर्दा फिल्मले उक्त रकम कमाउने भएको हो । कोइमोइ डटकमको रिपोर्ट अनुसार ‘पुष्पा २’ को हिन्दी डब गरिएको थिएटर राइट्स २ सय करोड, साउथ इन्डियन थिएटर राइट्स २७० करोड र ओभरसीज राइट्स १०० करोडमा बिक्री भएको छ ।त्यसपछि यसको डिजिटल अधिकार २७५ करोड रुपैयाँमा बेचिनेछ । र, स्याटेलाइट, अडियो र संगीत अधिकारहरू ४५० करोड रुपैयाँमा बेचिने छ। यी सबैलाई एकसाथ लिने हो भने ‘पुष्पा २’ को रिलिज अघिको व्यापार १००० करोड रुपैयाँ पुगेको छ ।