फिल्म ‘अगस्त्यः च्याप्टर १’ ले ५१ दिन पुरा गरेको छ ।काठमाडौंको न्यूरोडस्थित रञ्जना सिनेप्लेक्समा शनिबारबाट फिल्मले ५१ दिनको पार गरेको हो । फिल्मका निर्देशक सौरभ चौधरी, कलाकार नाजिर हुसेन, निर्माता प्रकाश मल्ल र अनिश तामाङ रञ्जना सिनेप्लेक्समा उपस्थित भएर दर्शकसँगै फिल्म हेर्दै ५१औं दिनको खुसियाली सटेका थिए । सौगात मल्ल स्टारर फिल्म गत वर्षको फागुन १८ गतेबाट प्रदर्शनमा आएको थियो । डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, बेन बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर बाङ्देल, निश्चल बस्नेत, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्रलगायतका कलाकारको अभिनय रहेको एक्सन-थ्रीलर यो फिल्मले फस्टलुक, टिजर र ट्रेलरबाट उच्च हाइप पाएको थियो ।