बैशाख २८ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘खबुरे ब्रो’को ‘मनि मनि’ सार्वजनिक गरिएको छ । ‘मनि मनि’ बोलको गीतमा कुशल पोखरेलको स्वर तथा शब्द र केपासको संगीत रहेको छ । भिडियोमा नीतिसहितका कलाकारहरु पैसा उडाउँदै प्रस्तुत छन् ।  यो अभिनेत्री नीति शाहको डेव्यु फिल्म  हो । दिव्यदृश्य इन्टरटेन्मेन्टले मान्द्रो प्रोडक्सन तथा मल्टी प्रपोजसँगको सहकार्यमा निर्माण गरेको फिल्मका निर्माता नविन मानन्धर तथा सुरज सुनुवार हुन् । सुनील श्रेष्ठ, अनिल मानन्धर र पिकेश मानन्धर सह(निर्माता तथा डायमण्ड उप्रेती कार्यकारी निर्माता  हुन्  ।

सुरज सुनुवारको निर्देशनमा तयार भएको फिल्ममा रेअर राई, महेश त्रिपाठी, नवीन मानन्धर, विनिता थापा, पुस्कर कार्की, प्रकाश भुजेल, मनिष राउत, प्रेम सुब्बा, सुजाता राई, दीप चन्द्र राई लगायतको पनि अभिनय रहेको छ ।