फिल्म ‘खुस्मा’ टिम यतीबेला छायांकनका लागि पूर्वी रुकुममा पर्ने दुर्गम पहाडी क्षेत्र मैकोट पुगेका छन् । अहिले त्यस ठाउँमा फिल्मका मुख्य कलाकार अभिनेता धीरज मगर  र उपासना सिंह ठकुरी  घोडसवारी सिकिरहेका छन् । सोमबार उपसनाले आफ्नो इन्स्टाग्राम स्टोरीमा घोडा सिक्न अभ्यास गरेको भिडियो सेअर गरेकी हुन् । प्रेमकथामा आधारित भएर बन्न लागेकाले धीरज र उपासनाले कथाको मागअनुसार नै घोडा चढ्न सिकेको जनाइएको छ ।अशोक थापा मगरले निर्देशन सम्हालेको फिल्ममा अस्तित्व भट्टचन, खड्क बहादुर पुन (खबपु), अरुण मगर पनि मुख्य भूमिकामा छन् ।  पहिलोपटक फिल्म ‘खुस्मा’मा धिरज र उपासना एकसाथ देखिँदैछन् ।