फिल्म 'एक्टर' को शुभ मुर्हत गरिएको छ l मंगलवार बिहान एक मन्दीरमा फिल्मको शुभ मुर्हत गरीएको हो l यस् फिल्ममा अभिनेता प्रदिप खड्का सँग अभिनेता दिलिप रायमाझीको छोरी दिब्याले स्क्रीन सेयर गर्दै छिन् l मुर्हतमा मुख्य कलाकारहरु प्रदीप खड्का, दिव्या रायमाझि, आना शर्मा, दिव्यदेव, सुशील सिटौला लगायत उपस्थित थिए । अदृत फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको फिल्मलाई डेब्यु निर्देशक राजन भुसालले लेखन तथा निर्देशान् गर्ने छन् l फिल्मका निर्माता थमन कुमार भण्डारी हुन् भने सह–निर्मातामा एनिस भुसाल र सार्थक केसी रहेका छन् । तिहारको अवसर पारेर कात्तिक १५ गते लक्ष्मीपूजामा रिलिज गरिने फिल्ममा प्रदिप र दिब्याको अलावा राजबल्लभ कोइराला, सलोन बस्नेत लगायतको पनि अभिनय रहनेछ ।