फिल्म ‘भाइरल गोर्खे’को छायांकन सुरु भएको छ lनिर्देशक निगम श्रेष्ठको निर्देशन रहने फिल्मको लमजुङस्थित भुजुङ गाउँमा क्यामेरा, स्क्रिप्ट र क्ल्याप पूजा गर्दै दृश्य खिच्न सुरु गरिएको हो l महिनाको छायांकन तालिका राखिएको फिल्मले सामाजिक सञ्जालमा भाइरल हुन जुनसुकै हर्कत गर्ने पात्रको कथा भन्नेछ । विशाल ताम्राकार र महेश लामिछानेको संयुक्त निर्माण रहेको फिल्ममा सौगातसँगै लक्ष्मी गिरी, सृष्टि श्रेष्ठ, बुद्धि तामाङ लगायतको पनि अभिनय रहनेछ । ब्रेकअपपछि पहिलोपटक सौगात र सृष्टिले एकसाथ काम गर्न लागेका हुन् । सृष्टि केही दिनमा छायांकनमा जोडिने जनाइएको छ । द जिएमआई एकेडेमी र निर्भना फिल्म स्कुलको निर्माण रहने फिल्मको छायाँकारमा अमर महर्जन छन् ।