अभिनेता रमित ढुंगानाको डेव्यु निर्देशकिय फिल्म ‘नमेटिएको घाउ’को छायाँकन सकिएको छ ।पुर्व प्रधान्मन्त्री केपी ओलीको अन्तिम दृश्य खिच्दै  फिल्मको छायाँकन ५६ दिनमा सम्पन्न भएको हो ।  फिल्ममा ओलीले ’प्रधानमन्त्री’ को भूमिका निर्वाह गरेका छन् । यो फिल्ममा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, राप्रपा सांसद ज्ञानेन्द्र शाही समेत देखिँदैछन् ।‘नमेटिने घाउ’ एसिड आक्रमणमा परेकाहरूको कथामा बनेको फिल्म हो । एसिड सर्भाइभर मुस्कान खातुनले समेत फिल्ममा अभिनय गरेकी छन् ।शिवम् अधिकारीको लेखन रहेको फिल्ममा अभिनेता रमित ढुंगाना , कलाकार सुरबिर पण्डित`दारी बा ,बाल नर्सिङ राणा  ,आरती आचार्य , प्राप्ति पौडेल,विशाल देवकोटा , प्रभात पल ठकुरी , इभा गिरि , सन्दीप बाबु लोहनी, अपेक्षा न्यौपाने, रचना गौतम,तलिसा गुरुङ , स्वस्तिमा कार्की,उन्न्त जंग उप्रेति, लालना चिमरिया, मेलिशा खड्का , अकिल बजगाइ ,सिम्रन खड्का , रोहित श्रेष्ठ लगायतको अभिनय रहेको छ ।