फिल्म ‘घरज्वाइँ’ को पहिलो पोस्टर सार्वजनीक गरिएको छ । पोस्टरमा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर बोराको भारी बोकिरहेको देखिन्छ ।अनिल बुढा मगरको निर्देशनमा जनक घर्ती मगरले निर्माण गरेका हुन् ।  फिल्मको कथा पनि निर्देशक अनिल आफैले लेखेका हुन् । पटकथा, संवाद लेखनमा भने उनलाई बिनोद खतिवडा र सुभाष कोइरालाले साथ दिएका छन् ।जिएम मुभीजको ब्यानरमा निर्माण भएको फिल्म सुसन प्रजापतिले खिचेका हुन । फिल्मका गीतमा हर्क साउद र मनोज थापाको शब्द,संगीत छ । कृष्ण भन्डारीले सम्पादन गर्ने फिल्मको डिजिटल पार्टनर बुढा सुब्बा डिजिटल हो । एमएसएम,अष्ट्रेलियाले अन्तरास्ट्रिय प्रदर्शन अधिकार लिइसकेको छ । असार २८ गते प्रदर्शन हुने ‘घरज्वाइँ’ मा दयाहाङ र मिरुनाका साथमा बुद्धि तामाङ,पुष्कर गुरुङ,शिशिर बाङ्देल, भोलाराज सापकोटा,खड्कबहादुर पुन (खबपु),राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरले अभिनय गरेका छन् ।फिल्मलाई नेपाल बितरण आर आर फिल्मसले गर्दैछ ।