फिल्म ‘बोक्सीको घर’को अग्रीम टिकट बुकिङ खुल्ला गरिएको छ । फिल्मलाई क्युएफएक्स चेनले देशभर ५६ शो उपलब्ध गराएको छ । क्युएफएक्सले काठमाडौंमा मात्रै २४ शो प्रदान गरेको छ भने मोफसलमा ३२ शो दिएको छ ।  फिल्मलाई नेपालको दोस्रो ठुलो मल्टिप्लेक्स आईएनआई सिनेमाज्ले आफ्ना तीन वटा चेनमा १८ शो, बिग मुभिजले ५ शो, एफक्युबले ७ शो, वान सिनेमाज् कालिमाटीले ५ शो दिएका छन्, भने अन्य मल्टिप्लेक्सहरु अग्रीम टिकट बुकिङ खोल्ने तयारीमा रहेछन् । फिल्मका लेखक तथा निर्देशक सुलक्षण भारती हुन् । अभिनेत्री तथा निर्मात्री केकीले सामाजिक थ्रिलर जनरामा निर्माण भएको फिल्मले समाजमा प्रचलित ‘बोक्सी’ कुप्रथालाई चित्रण गर्ने बताएकी छन् । केकी अधिकारी फिल्मस्को प्रस्तुतीमा निर्माण भएको फिल्म  नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनसँगै अन्तर्राष्ट्रिय महोत्सवमा समेत लैजाने तयारी  छ ।फिल्ममा केकी सँगै अलवा सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ ।फिल्ममा निर्माताका रुपमा केकीका बाबु बद्री अधिकारी रहेका छन् भने राज घिमिरे कार्यकारी निर्माता हुन् ।