बैशाख १४ गतते अर्थात् भोली शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बोक्सीको घर’को  प्रिमियरमा सकारात्मक प्रतिकृया मिलेको छ । प्रिमियरमा कलाकार, प्राविधिक, निर्देशक, निर्माता, पत्रकारहरूको बाक्लो उपस्थिति रहेको थियो । अभिनेत्री केकी अधिकारीले निर्माण गरेको फिल्म भएकाले पनि उनलाई साथ दिन अभिनेत्रीहरू हल पुगेका थिए ।अभिनेत्री बेनिशा हमाल पनि समाजमा घट्ने विभिन्न घटना मध्येको एउटा तितो यर्थाथलाई टपक्क टिपेर माला जस्तै उनेर सुन्दर सिनेमा निर्माण गरेकोमा अभिनेत्री तथा निर्मात्री केकी अधिकारी धन्यवाद दिइन् । यस्तै, निर्देशक तथा कलाकार दीपाश्री निरौलाले पनि ‘बोक्सीको घर’ उत्कृष्ट फिल्म बनेको भन्दै सम्पुर्ण दर्शकलाई फिल्म हेरेर साथ दिन आग्रह गरिन् ।फिल्मलाई क्युएफएक्स चेनले देशभर ५६ शो उपलब्ध गराएको छ । क्युएफएक्सले काठमाडौंमा मात्रै २४ शो प्रदान गरेको छ भने मोफसलमा ३२ शो दिएको छ ।  फिल्मलाई नेपालको दोस्रो ठुलो मल्टिप्लेक्स आईएनआई सिनेमाज्ले आफ्ना तीन वटा चेनमा १८ शो, बिग मुभिजले ५ शो, एफक्युबले ७ शो, वान सिनेमाज् कालिमाटीले ५ शो दिएका छन्, भने अन्य मल्टिप्लेक्सहरु अग्रीम टिकट बुकिङ खोल्ने तयारीमा रहेछन् । फिल्मका लेखक तथा निर्देशक सुलक्षण भारती हुन् । अभिनेत्री तथा निर्मात्री केकीले सामाजिक थ्रिलर जनरामा निर्माण भएको फिल्मले समाजमा प्रचलित ‘बोक्सी’ कुप्रथालाई चित्रण गर्ने बताएकी छन् । केकी अधिकारी फिल्मस्को प्रस्तुतीमा निर्माण भएको फिल्म  नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनसँगै अन्तर्राष्ट्रिय महोत्सवमा समेत लैजाने तयारी  छ ।फिल्ममा केकी सँगै अलवा सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ ।फिल्ममा निर्माताका रुपमा केकीका बाबु बद्री अधिकारी रहेका छन् भने राज घिमिरे कार्यकारी निर्माता हुन् ।