चर्चित पत्रकार ऋषि धमलाले फिल्म `भाइरल गोर्खे´ मा अभिनय गर्ने भएका छन् । सन् २०१६ मा आएको फिल्म ‘हाउ फन्नी’मा पहिलोपटक काम गरेका उनले अब फिल्म ‘भाइरल गोर्खे’मा अभिनय गर्न लागेका हुन् ।  फिल्ममा धमलाले पत्रकारकै भूमिका निर्वाह गर्ने छन् ।  धमला फिल्मको छायांकनका लागि बैशाख तेस्रो साता लमजुङस्थित भुजुङ गाउँ जाने जनाइएको छ । निगम श्रेस्ठको निर्देशन रहने फिल्ममा केही दिनदेखि भुजुङ गाउँमा छायांकन भइरहेको छ ।  फिल्ममा सौगात मल्ल, लक्ष्मी गिरी, सृष्टि श्रेष्ठ, बुद्धि तामाङ लगायतको पनि मुख्य भूमिका छ । ब्रेकअपपछि  भुजुङपछि फिल्मको छायांकन गोरखा र चितवनमा गरिनेछ ।विशाल ताम्राकार र महेश लामिछानेको संयुक्त निर्माण रहेको फिल्मले सामाजिक सञ्जालले निम्त्याएको राम्रो र नराम्रो दुवै पक्षलाई फिल्मले देखाउनेछ । द जिएमआई एकेडेमी र निर्भना फिल्म स्कुलको निर्माण रहेको फिल्मको छायाँकारमा अमर महर्जन छन् ।