फिल्म ‘आँखा’ को आगामी असार १४ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । दुई पोस्टरमध्ये एउटामा फोहोरको डंगुरमा सूर्यमुखी फूल फक्रिएको देखिन्छ भने अर्को पोस्टरमा आँखाको आकृतिभित्र फिल्मका कलाकारहरु क्यारेक्टर लुक्समा प्रस्तुत छन् । निर्देशक योन्जन स्वयंको कथा तथा पटकथा लेखन रहेको फिल्ममा निशा अधिकारी, बुद्धि तामाङ, विजय बराल, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रविण खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा, स्मिता लामिछाने, आरके मेहता, अभयराज बरालसहित बाल कलाकारमा प्रसन राईको अभिनय छ । स्मिता लामिछाने फिल्मकी निर्मात्री समेत हुन् ।कृष्ण भण्डारी र निर्देशक योन्जनको सम्पादन रहेको फिल्ममा आलोक शुक्लाको छायांकन, दीपक आरजेको संगीत तथा रेवन्तविक्रम थापाको द्वन्द्व निर्देशन छ । ढाका टोपी फिल्मस्, कार्यक्रम नेपाल, साइलेन्ट एक्ट र ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा यो फिल्म तयार भएको हो ।