गत शुक्रबार बाट रिलिजमा आएको फिल्म  ‘बोक्सीको घर’ ले बक्स अफिसमा बम्पर ब्यापार गरेको छ । शुक्रबार फिल्मले ७० प्रतिशतसम्म अकुपेन्सी कायम गरेको थियो । शनिबार विदा हुँदा अकुपेन्सी दर थप उच्च रह्यो । फिल्मले दुई दिनमै बक्स अफिसमा आकर्षक अंक जोडेको छ ।वितरक कम्पनी टि-फल्कले फिल्मको दुई दिनको व्यापार २ करोड १५ लाख रहेको जनाएको छ । शनिबार २५० बढी शोजमा डेढ सय शोज पूर्ण हाउसफुल र बाँकीमा ८० प्रतिशतसम्म अकुपेन्सी रहेको वितरक कम्पनीको दाबी छ । विशेषगरी फिल्मको व्यापार काठमाडौंमा आक्रामक रह्यो । मोफसलका बुटवल, चितवन, धरान जस्ता ठूला सहरहरुमा पनि फिल्मको अकुपेन्सी सुखद थियो ।

  नेपालमा फिल्मको जबर्जस्त व्यापारपछि विदेशमा समेत माग बढेको छ । शनिबार फिल्मको यूरोप र अष्ट्रेलिया राइट्स बिक्री गरिएको छ । फिल्मलाई क्युएफएक्स चेनले देशभर ५६ शो उपलब्ध गराएको छ । क्युएफएक्सले काठमाडौंमा मात्रै २४ शो प्रदान गरेको छ भने मोफसलमा ३२ शो दिएको छ ।  फिल्मलाई नेपालको दोस्रो ठुलो मल्टिप्लेक्स आईएनआई सिनेमाज्ले आफ्ना तीन वटा चेनमा १८ शो, बिग मुभिजले ५ शो, एफक्युबले ७ शो, वान सिनेमाज् कालिमाटीले ५ शो दिएका छन्, भने अन्य मल्टिप्लेक्सहरु अग्रीम टिकट बुकिङ खोल्ने तयारीमा रहेछन् । फिल्मका लेखक तथा निर्देशक सुलक्षण भारती हुन् । अभिनेत्री तथा निर्मात्री केकीले सामाजिक थ्रिलर जनरामा निर्माण भएको फिल्मले समाजमा प्रचलित ‘बोक्सी’ कुप्रथालाई चित्रण गरेको छ ।  केकी अधिकारी फिल्मस्को प्रस्तुतीमा निर्माण भएको फिल्म  नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनसँगै अन्तर्राष्ट्रिय महोत्सवमा समेत लैजाने तयारी  छ ।फिल्ममा केकी सँगै अलवा सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ ।फिल्ममा निर्माताका रुपमा केकीका बाबु बद्री अधिकारी रहेका छन् भने राज घिमिरे कार्यकारी निर्माता हुन् ।