निर्माता तथा निर्देशक सन्तोष सेनले आफ्नो महत्वाकांक्षी फिल्म ‘बलिदान’ को लागी कलाकारको माग् गरेका छ्न् । निर्माण टिमले अन्य कलाकारहरुको माग् गरेका हुन् । फिल्मको अन्य मुख्य पात्रका लागि अडिसन आह्वान गरिएको छ । २२ देखि ३२ वर्ष उमेर समूहका महिला र २८ देखि ५५ वर्ष उमेर समूहका पुरुषले अडिसनमा भाग लिन सक्नेछ । अडिसनमा सहभागी हुन महिला कलाकारसँग मोटरबाइक हाँक्ने र मार्सल आर्टको सिप हुनुपर्ने सर्त राखिएको छ भने पुरुष र महिला दुवैले नेपाली भाषामा मैथिली उच्चारणसहित संवाद बोल्न सक्नुपर्ने जनाइएको छ । यो फिल्मबाट विराज भट्टका छोरा समीर भट्टले अभिनेताको रुपमा डेब्यु गर्दैछन् भने सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, दिव्य देवको पनि मुख्य भूमिका रहनेछ । आगामी जेठ पहिलो साताबाट छायांकनको तयारी गरिएको फिल्मको यतिबेला पूर्वको इटहरीमा सेट डिजाइनको काम भइरहेको छ ।  यस वर्षको दशैंको फूलपातीमा रिलिजको तयारी गरिएको फिल्मको निर्मातामा पवन ब्राडफोर्ड बिस्ट तथा सह-निर्माता प्रेम पुरी छन् । आसुसेन फिल्मस् तथा सन्तोष सेनको प्रस्तुतिमा बन्न लागेको फिल्म एक्सन प्रधान हुनेछ । फिल्मको बजेट ४ करोडमाथि हुने अनुमान छ ।