शनिबार नेपाल र वेस्ट इण्डिज’ए’बीच भएको खेलमा खेलडिलाई प्रोत्साहन गर्दै `मनसरा´ फिल्म टिमले खेलाडीलाई नगद १० हजार रुपैयाँको ‘सट अफ द डे’ प्रदान गरेका  छन् । गुल्सन झाले अन्तिममा लगातार दुई चौका प्रहार गरे । झाले प्रहार गरेका यी चौकाले नेपाललाई दुई बल बाँकी छँदै जित दिलायो ।  टिमले झाको मिहिनेत र उनलाई प्रोत्साहन गर्दै नगद दिएका हुन् । उनलाई यो पुरस्कार ‘मनसरा’का निर्माता-सिनेम्याटोग्राफर शैलेन्द्र ध्वज कार्कीले प्रदान गरेका हुन्।उपेन्द्र सुब्बाको दोश्रो निर्देशकिय फिल्ममा  दयाहाङ राई, मिरुना मगर, प्रविण खतिवडा, मेनुका प्रधानका अलावा हेमन्त बुढाथोकी शान्ति गिरी, नेनहान राईको अभिनय रहेको छ । फिल्मका निर्माता छायांकार शैलेन्द्र ध्वज कार्की हुन् । विष्ण कुमार लिम्बु मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह-निर्माता हुन् ।फिल्म वैशाख २१ गते रिलिजमा आउने छ ।