नायिका पूजा शर्मा अभिनित एक्सन फिल्म`दान्भी´ को रिलिज मिति अन्तत असार ७ गतेलाई सारिएको छ ।जेठ १० मा अर्को फिल्म ‘पूजार सार्की’ र `फर्की फर्की´पनि आउने भएपछि निर्माण टिमले डरले मैदान छाडदै आफ्नो जन्मदिनको दिन फिल्म रिलिज गर्ने पूजाले अडिक लिएकी हुन् । अब जेठ १० मा ‘पूजार सार्की’ र ‘फर्की फर्की’ मात्र रिलिज हुनेछन् ।आगामी असार ७ गते फिल्म प्रदर्शन हुने चर्चा छ । फिल्मको रिलिज सरेपछि पूजाले फेसबुकमा लेखेकी छन्, ‘एकसाथ तीन फिल्म प्रदर्शन हुन उपयुक्त नहुने ठानेर ‘दान्भी’लाई केही हप्ता पछि सार्ने निर्णय गरेका छौं ।’ उनले जेठ १० गते रिलिज हुन लागेका दुई फिल्मलाई सफलताको शुभकामना पनि दिएकी छन् ।‘दान्भी’मा पूजा पहिलोपटक एक्सन भूमिकामा प्रस्तुत भएकी छन् । रुपेश तामाङको निर्देशन रहेको फिल्ममा अभिनेता कुन्साङ बोमजम र किरण श्रेष्ठको पनि मुख्य भूमिका छ । देव मगर र अनुप गडाल निर्माता रहेको फिल्ममा पवन राना मगर कार्यकारी निर्मातामा छन् । सह-निर्माता भने कमला लिम्बू, पन्चबहादुर तामाङ र आदर्श पौडेल हुन् ।