सदाबाहार फिल्म ‘माइतीघर’का अभिनेता सीपी लोहनी (चिदम्बरम प्रसाद लोहनी)को ८६ वर्षको उमेरमा निधन भएको छ । निजी क्षेत्रले निर्माण गरेको पहिलो नेपाली सिनेमाका अभिनेता लोहनी अल्माइजर पीडित थिए भने उनको आज सोमाबर स्वर्गारोहण भएको हो । अभिनेता लोहनीको काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको हो । उनको पार्थिव शरिरलाई आज अपरान्ह ४ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिएका छन् ।अभिनेता लोहनी गायक समेत थिए । उनले रेडियो नेपालमा केही गीत रेकर्ड गरेका छन् । पछिल्लो गीतको रुपमा उनले ‘पुनरागमन’ ल्याएका थिए । नेपालीसहित हिन्दी र बंगाली सिनेमाकी चर्चित अभिनेत्री माला सिंन्हासँग उनले विवाह गरेका थिए । उनीहरुको एक छोरी छिन् ।