फिल्म ‘मनसरा’को पहिलो गीत रिलिज गरिएको छ । कवि उपेन्द्र सुब्बाको निर्देशनमा निर्माण भएको फिल्मको गीत ‘झ्यालको’मा  मुख्य कलाकारहरुका केही दृश्यहरु समावेश गरिएका छन् । झुमा लिम्बुको कम्पोजिसन रहेको गीतमा हर्क साउदको शब्द रचना सनुप पौडेल र झुमा लिम्बुको स्वर सुन्न सकिन्छ । फिल्ममा दयाहाङ राई, मिरुना मगर, प्रविण खतिवडा, मेनुका प्रधानका अलावा हेमन्त बुढाथोकी शान्ति गिरी, नेनहान राईको अभिनय रहेको छ ।  

निर्देशक सुब्बाकै लेखन रहेको फिल्मका निर्माता छायाँकार शैलेन्द्र ध्वज कार्की हुन् ।फिल्ममा विष्ण कुमार लिम्बु, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह-निर्माता हुन् । निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रंग संयोजनको साथमा श्रवल राज पाण्डेको साउण्ड डिजाइन रहेको छ भने मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको संयूक्त कला निर्देशन  रहेकोछ ।सिजन दाहाल कार्यकारी निर्माता रहेको फिल्ममा  किरण चाम्लिङ राई मुख्य सहायक निर्देशकका रुपमा रहेकाछन् । बैशाखको २१ गतेबाट फिल्म  रिलिजमा आउदै छ ।