अभिनेता दयाहाङ राई र अभिनेत्री श्वेता खड्का अभिनित ‘कान्छी’को पहिलो गीत सार्वजनिक भएको छ । बिहीबार काठमाडौँमा आयोजित पत्रकार सम्मेल बिच चलचित्रको पहिलो गीत सार्वजनिक गरिएको हो । ‘चरी चट्ट परि’ बोलको सार्वजनिक गीतमा दयाहाङ र श्वेताले नृत्य गरेका छन् । राजराजन सिवाकोटीको शब्द, सङ्गीत, स्वर रहेको गीतमा उनलाई गायिका अञ्जु पन्तले साथ दिएकी छिन् । भिडियोको कोरियाग्राफी वसन्त श्रेष्ठले गरेका हुन् । आकाश अधिकारी निर्देशित चलचित्र ‘कान्छी’मा दया र श्वेताको साथमा अनु शाह, प्रज्जल सुजल गिरी लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र माघ २६ गतेबाट प्रदर्शनमा आउने भएको छ ।