फिल्म ‘पुजार सार्की’को दोस्रो गीत ‘रिमै’ सार्वजनिक गरिएको छ ।  गीतमा आर्यन, अञ्जना, प्रदीप र परीक्षाको अन्तरजातीय प्रेम, दोधारमा परेका पललाई फिचर्ड गरिएको छ । गीतमा दिनेश राउतका शब्द र सुवास भुसालको संगीत तथा देवेन्द्र बराल र मुना ठटालको स्वर सुन्न सकिन्छ ।

सिनेमामा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शंकर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतका कलाकारको अभिनय रहेको छ ।

 

 

किङ्गडम नेटवर्कको ब्यानरमा निर्माण भएको फिल्म  दिनेश राउतले निर्देशन गरेका हुन् । फिल्मको कथा तथा पटकथा विकास सुवेदीले लेखेका छन् । यसअघि विकास र दिनेशले प्रकाशमा सहकार्य गरेका थिए । फिल्मलाई संगीतकार सुवास भुषालले निर्माण गरेका हुन् । राजेश श्रेष्ठको डिओपी रहेको फिल्ममा  भरत रेग्मीले सम्पादन तथा सुप्रिम पराजुलीले कलर ग्रेडिङ र हिमाल केसीले द्वन्द्व निर्देशन रहेको छ । सिनेमाको पोस्टर डिजाइन रोयल भिमसेन र ट्राइडेन्ट कन्सेप्टले गरेको हो आगामी जेठ १० गते बाट फिल्म रिलिज हुने तयारीमा छ ।