फिल्म ‘मनसरा’को अग्रिम बुकिङ टिकट खुल्ला गरिएको छ । शुक्रबारबाट रिलिज हुने सिनेमाको टिकट बुकिङ खुल्ला भएको हो ।क्यूएफएक्सलगायत हलले अग्रिम बुकिङ टिकट खुल्ला गरेका हुन् । क्यूएफएक्सले देशभरका हलमा ‘मनसरा’लाई ६९ शो दिएको छ । क्यूएफएक्सले काठमाडौंमा २८ र मोफसलमा ४१ शो उपलब्ध गराएको छ ।वान सिनेमाजले दुईवटा आउटलेटमा १२ शो उपलब्ध गराएको छ । देशकै दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआई लगायतका हलमा  ग्रिम बुकिङ टिकट खुल्ला हुन बाँकी छ । बुधबार साँझसम्म देशभरका सम्पुर्ण हलमा अग्रिम बुकिङ टिकट खुल्ला हुनेछ ।उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको सिनेमामा दयाहाङ राई, प्रविण खतिवडा, मिरुना मगर र मेनुका प्रधान मुख्य भूमिकामा छन् । सिनेमामा हेमन्त बुढाथोकी शान्ति गिरी, नेनहान राईको पनि अभिनय रहेको छ । सिनेमाका निर्माता छायांकार शैलेन्द्र ध्वज कार्की हुन् । विष्णु कुमार लिम्बु मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह-निर्माता हुन् ।