फिल्म ‘रुमानी रङ्ग’ वितरण अधिकार काठमाडौं उपत्यकामा करण श्रेष्ठको रिच इन्टरटेनमेन्ट र मोफसलमा एफडी कम्पनिले किनेको छ । मंगलबार निर्माता र वितरकबीच सम्झौता पत्रमा लिखित सम्झौता भएको हो ।अनिल योञ्जनको निर्देशन रहने फिल्ममा कथा/पटकथा/संवाद निर्देशक योञ्जनकै रहनेछ।ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर प्रा लिको व्यानरमा निर्माण रहने फिल्ममा जिएम ठकुरी प्रस्तुकर्ता छन् भने हरि मल्ल ठकुरी निर्माता हुन्।वैशाखको पहिलो साताबाट फ्लोरमा जानेछ। ‘रुमानी’को अर्थ एउटा सुन्दर र मनमोहक हो।महेश पौडेलको सिनेम्याटोग्राफी रहने फिल्ममा साम्रागी राज्यलक्ष्मी शाह ,धिरज मगरको ,सुशिल थापा, श्रीजन बस्नेत, सन्तोष सरु तथा विजय अधिकारी सहनिर्माता छन् ।फिल्मको अष्ट्रेलियामा ९० प्रतिशत सुटिङ हुनेछ भने बाँकी १० प्रतिशत नेपालमा हुनेछ ।