गत शुक्रबारबाट रिलिजमा आएको फिल्म ‘बोक्सीको घर’ आजको दिन सम्म आइपुग्दा पनि हाउसफूल छ । आज बुधबार परेको अन्तर्राष्ट्रिय श्रमिक दिवसको बिदाको अवसरमा बिहानी शोबाटै हाउसफूल व्यापारको सुरुवात गरेको हो ।राजधानीमा अधिकांश हल तथा मोफसलका ठुला सहरमा श्रमिक दिवसको दिन बिहानी शोबाटै हाउसफूल छ । अभिनेत्री तथा निर्मात्री केकीले सामाजिक थ्रिलर जनरामा निर्माण भएको फिल्मले समाजमा प्रचलित ‘बोक्सी’ कुप्रथालाई चित्रण गरेको छ । केकी अधिकारी फिल्मस्को प्रस्तुतीमा निर्माण भएको फिल्म नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनसँगै अन्तर्राष्ट्रिय महोत्सवमा समेत लैजाने तयारी छ ।फिल्ममा केकी सँगै अलवा सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ ।फिल्ममा निर्माताका रुपमा केकीका बाबु बद्री अधिकारी रहेका छन् भने राज घिमिरे कार्यकारी निर्माता हुन् ।