भोली शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘मनसरा’ ले प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया पाएको छ । ललितपुरस्थित क्युएफएक्स लविम मलमा भव्य आयोजना गरिएको प्रिमियर शोमा फिल्मकर्मीहरु देखी पत्रकारहरुसम्मको उपस्तिथि रहेको  थियो । प्रिमियरमा निर्देशक निश्चल बस्नेत, प्रदीप भट्टराई, दीपेन्द्र लामा, वितरक तथा निर्देशक अशोक शर्मा, निर्माता रवीन्द्र सिंह बानिया, कवि विप्लप प्रतिक, गायक तथा संगीतकार कालि प्रसाद बास्कोटा, अभिनेता खगेन्द्र लामिछाने, अभिनेत्री सुरक्षा पन्त, मलिका महत, परिक्षा लिम्बु, पोयट आइडलका निर्देशक अनम प्रताप अधिकारी लविम मल पुगेका थिए ।अभिनेता खगेन्द्र लामिछानेले पनि सिनेमा निकै मन परेको बताए । निर्देशक उपेन्द्र सुब्बा दाई सामाजिक कथा अनि हामीले देखेका र सुनेका घटनालाई गहन रुपमा प्रस्तुत गर्नु भएको छ । फिल्ममा साहित्यलाई एकदमै मज्जाले कनेक्ट गरिदिनु भएको छ । त्यसैले एक पटक सवैले हेनु पर्ने फिल्म ‘मनसरा’ बनेको अभिनेता लामिछानेले बताए ।अभिनेत्री सुरक्षा पन्तले मनसरा हेर्दा आनन्द आएको बताइन् । उपेन्द्र दाई माया कसरी बुझ्नु हुन्छ भन्ने प्रश्न सोध्न मन लाग्छ । तपाईले माया कसरी बुझ्नु भयो त्यो पनि सजिलो प्रेम होइन ।

फिल्ममा दयाहाङ राई, मिरुना मगर, प्रविण खतिवडा, मेनुका प्रधानका अलावा हेमन्त बुढाथोकी शान्ति गिरी, नेनहान राईको अभिनय रहेको छ । निर्देशक सुब्बाकै लेखन रहेको फिल्मका निर्माता छायाँकार शैलेन्द्र ध्वज कार्की हुन् ।निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रंग संयोजनको साथमा श्रवल राज पाण्डेको साउण्ड डिजाइन रहेको छ भने मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको संयूक्त कला निर्देशन फिल्ममा रहेकोछ ।त्यसैगरी सिजन दाहाल कार्यकारी निर्माता रहेको फिल्ममा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशकका रुपमा रहेका छन् ।