इन्टरनेटमा नयाँ गीत 'खोला जस्तो जिन्दगी' सार्वजनिक भएको छ । गायिका अन्जु श्रेष्ठको आवाजमा शिव पलासले कोरेको गीतलाई  बुबाको सम्झनामा गायिका अन्जुले दर्शक माझ ल्याएकी हुन् । भिडियोमा उनले आफ्ना बाबुको अधुरो सपना पुरा गरेकी छिन्।


 

 

राजेश पुमा राईको निर्देशनमा तयार भएको भिडियोको दृश्य कैद उत्सव दाहालले गरेका हुन् । भिडियोमा अन्जुको साथमा जीवन भट्टराई र स्नेहा भट्टराईको अभिनय रहेको छ । बिकास दाहालको सम्पादन भिडियोमा समावेश छ  ।