कात्तिक २४ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘मेला’लाई भारतमा प्रदर्शन गर्ने अधिकार भोजपुरी स्टार परदेश शाहले किनेका छन् । उनले १६ लाखमा भारतको राइटस् किनेका हुन् । चलचित्र ‘मेला’का लेखक, सह–निर्देशक तथा प्रस्तुतकर्ता हरि पन्त र शाहविच सम्झौतामा हस्ताक्षर भएको छ । नेपालीहरूको बाक्लो बसाई रहेको भारतको सिक्किम, दार्जलिङ, मुम्बई, दिल्लीमा मेला प्रदर्शन हुने छ । यसका लागि चलचित्रको भारतमा चाडै नै सेन्सर गर्ने र हलहरुमा सो किनेर प्रदर्शन गरिने परदेशले बताए । 


मेलालाई वसन्त निरौलाले निर्देशन गरेका हुन् भने चलचित्रमा सलोन बस्नेत, आमेष भण्डारी, अशिष्मा नकर्मीको मुख्य भूमिका रहेको छ ।