गायक प्रकाश सपुत अब फिल्म निर्माण तर्फ होमिएका छन् । गायनमा छुटै पहिचान बनाएका सपुतले नायिका स्वस्तिमा खड्कालाई लिएर फिल्म निर्माण गर्न लागेका हुन् । प्रकाशले निर्देशनमा डेब्यु गर्न लागेको फिल्मको सम्भवतः यही शुक्रबार ‘घोषणा टिजर’ सार्वजनिक गर्ने तयारी छ । त्यही टिजर भिडियोबाट फिल्मको नामदेखि कलाकारको ‘लाइनअप’ सार्वजनिक गरिँदैछ ।। ‘जाले रुमाल फाट्यो’ र ‘कुरा बुझ्नु पर्छ’ गरी दुई गीतमा स्वस्तिमाले प्रकाशको निर्देशनमा काम गरेकी थिइन् । दुवैमा उनीहरुको जोडी बाँधिएको थियो । अब पहिलोपटक फिल्ममा उनीहरु एकसाथ देखिने तयारीमा छन् । फिल्ममा थिएटरका केही कलाकारहरुलाई पनि लिइएको छ । फिल्मको कथा प्रकाश स्वयंले लेखेका हुन् ।प्रकाशले आफ्नो फिल्मको छायांकन आगामी दशैंपछि गर्ने जानकारी प्राप्त छ ।