गत शुक्रबारबाट रिलिजमा आएको फिल्म ‘बोक्सीको घर’ आजबाट दोश्रो सातामा टेकेको छ । दोश्रो सातामा आइपुग्दा पनि फिल्मलाई दर्शकको कमी भने रहेको छैन ।अभिनेत्री तथा निर्मात्री केकीले सामाजिक थ्रिलर जनरामा निर्माण भएको फिल्मले समाजमा प्रचलित ‘बोक्सी’ कुप्रथालाई चित्रण गरेको छ । फिल्मले हाल सम्म ६ करोड माथिको ब्यापार गरेको छ । केकी अधिकारी फिल्मस्को प्रस्तुतीमा निर्माण भएको फिल्म नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनसँगै अन्तर्राष्ट्रिय महोत्सवमा समेत लैजाने तयारी छ ।फिल्ममा केकी सँगै अलवा सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ ।फिल्ममा निर्माताका रुपमा केकीका बाबु बद्री अधिकारी रहेका छन् भने राज घिमिरे कार्यकारी निर्माता हुन् ।