पछिल्लो समय कमेडी च्याम्पियन निकनै रुचाईएको एकमात्र नेपाली कमेडी रियालिटी टिभी शो बनेको छ । अझै उक्त शोले नयाँ फर्मेट ल्याएका कारण पनि शो रोचक बन्दै गैरहेको छ । यही साता टप् १६ बाटै बाहीरिएका प्रतिस्पर्धी प्रेम बिश्वकर्मा पुर्व राजा बनेर पछिल्लो एपिसोडमा देखिएका छन् । पुर्व राजा ज्ञानेन्द्र शाह बनेका प्रेमको यो प्रस्तुति युट्युबमा निकैनै रुचाईएको छ भने उनको चर्चा समेत चुलिएको छ । धादिङ्गका प्रेम डिजिटल अडिसन मार्फत उत्कृष्ठ ३० मा छानिएका थिए । मोटू पत्लू क्यारीकेचर गरेर अडिसन दिएका प्रेम सुपर १६ मार्फत बाहिरिएका थिए । यसअघी पनि उनले पुर्व राजा ज्ञानेन्द्रकै लवजमा छोटो प्रस्तुति दिएका थिए भने यसपटक उनि ज्ञानेन्द्रकै भेषमा समेत देखिएका छन् । ज्ञानेन्द्रकै भेष अनि बोल्ने शैलीकै कारण पनि उनको यो प्रस्तुति बिशेष बनेको छ । प्रस्तुतिमा दम भएकै कारण उनि पफर्मर अफ् दी राउण्ड हुन सफल भई अघिल्लो राउण्डको लागि आफ्नो स्थान समेत सुरक्षित गरेका छन् । यही प्रक्रृया बाट दुई साता अघि माहाविर पुनको पात्र गर्दै कर्म सिंह लामा पनी पफर्मर अफ् दी राउण्ड बन्दै टप ८ मा प्रवेस गरेका थिए । च्यालेन्जर कर्म पोर् बनेर भोटिङ राउण्ड लमा प्रवेष गर्दा टप ९ बाट अच्युत काफ्ले र निश्चल अर्याल बाहिरिएका थिए ।यो साता च्यालेन्जर पोर बनेर टप ६ मा प्रवेस गरे सॅगै टप ७ बाट भोटिङ रिजल्ट आउदा दुइ जना कमेडियन बाहिरिने छन् । कमेडी च्याम्पियनमा हरेक साता अघिल्ला टप १६ राउण्डमा बाहिरिएका दुई प्रतियोगीले च्यालेन्जरको रुपमा प्रतिस्पर्धा गरिरहेका छन् , जुन शिलशिला आगामी हप्ता सम्म रहने छ । अहिले कमेडी च्याम्पियनमा टप ७ कमेडियनले आफ्नो प्रस्तुति दिदै फिनालेको दौडमा छन्। वाइल्ड कार्ड बाट समेत प्रतिस्पर्धी फर्कन सक्ने शोको प्राबधान रहेको छ। सयौं बाट छानिएका केहि उत्कृष्ठ सहभागीहरुले अहिले दर्शकको मन जितिरहेका छन् ।